१० मंसिर २०८१, सोमबार

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याइँदै

कोलोराडोखबर संवाददाता , August 19th, 2024

नेपाल । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतबीच अर्थ मन्त्रालयमा उक्त फण्ड सञ्चालनमा ल्याउनेबारे छलफल भएको छ ।

२०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गर्ने सहमति बुझिएको छ । सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ । विश्वभर रहेका नेपालीहरुको पुँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ उक्त फन्ड स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्