कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा गत जुन २९ र ३० (शनिबार र आइतबार) भव्यताका साथ सम्पन्न अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सफल बनाउन साथ सहयोग गर्नेहरुलाई प्रशंसापत्र सहित सम्मान गरिने भएको छ ।
उक्त कार्यक्रमको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) रहेका थिए ।
उक्त प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्याउनु हुने सहयोगी मनहरु, सम्पूर्ण आयोजक समितिका सदस्यहरु, स्वयम्सेवक तथा सहयोगीदाताहरुलाई सम्मान गर्न लागिएको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्र ब. क्रोम्छे तमुले बताउनु भयो ।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ’ भन्ने भनाईलाई आत्मसात गर्दै अमेरिका राज्य तथा महाद्विपमा बसोबास गर्ने तमु (गुरुङ) जातिको धर्म, संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभुषा आदी संरक्षण र अनुसन्धान, प्रबर्धनसँगै सामाजिक, शिक्षा, आर्थिक, बिकास बृद्धिमा टेवा दिने उद्देश्यले तमु प्ये ल्हु अमेरिका कोलोराडो राज्यको बोल्डरमा २०१४ जुन २८ मा स्थापना भएको एक गैर लाभकारी संस्था हो ।
कार्यक्रमः
मितिः- August, 24-2024
समय:- 5PM-8PM
स्थान:- 280 Interlocken Blvd Broomfield Co, 80021
‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ
प्रतिक्रिया दिनुहोस्