कोलोराडो । अमेरिकाको कोलोराडोमा अगस्ट १६ तारिक शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति कोलोराडोको आयोजनामा अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
रास्वपा प्रवास नेपाली सम्पर्क समितिका अध्यक्ष दीपक सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका उपसभापति , सांसद तथा वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्लको उपस्थिति रहेको थियो ।
वेष्टमिनिस्टरको म्यारियट होटलमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थितको विभिन्न संघ संस्थाका पदाधिकारी लगायत नेपालीभाषी जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र राजनीति र समसामयिक विषयको यथार्थ चित्रण गर्दै नेपालमा आन्तरिक र बाह्य दुवै क्षेत्रमा बसाई सराइले नेपालका कैयौँ भू-भाग रित्तिदै गएको र सबल र सक्षम जनशक्ति नहुने अवस्था आउन सक्ने संभावना औल्याए ।
राजनीतिमा शुद्धीकरण गर्नु पर्ने, खर्चिलो चुनावी प्रकृयाले भष्ट्राचारले प्रशय पाउने गरेको, देशलाई दिशा निर्देश गर्ने कारक तत्व सरकार, प्रशासन र निर्माण व्यवसायीमा भएको विकृति विसङ्गतिलाई शुद्ध गर्नु पर्ने, प्रवासमा रहेका नेपालीले पनि बेतिथिको खबरदारी गर्दै सकृय भूमिका निर्वाह गर्नु पर्ने बताए । त्यस्तै निजी क्षेत्रलाई लगानीको लागि झन्झटिलो प्रक्रियालाई सुधार गरी सरल र छिटो बनाउनु पर्ने र नीति नियम बुझेको क्षमतावान् नेतृत्वले मात्र देशलाई निकास दिन सक्ने जस्ता धारणा राखेका थिए ।
कार्यक्रमको दोस्रो भागमा सहभागीहरुले राखेका जिज्ञासाहरुको सम्बोधन पनि डा. वाग्लले गरेका थिए ।
फोटो सौजन्यः भरतकुमार श्रेष्ठ, कोलोराडो ।
प्रतिक्रिया दिनुहोस्