११ आश्विन २०८१, शुक्रबार

सर्वोच्च अदालतको फैसलापछि केसीको अध्यक्षतामा एनआरएनए आईसीसीको पहिलो बैठक सम्पन्न

कोलोराडोखबर संवाददाता , August 18th, 2024

नेपाल । सर्वोच्च अदालतको फैसलापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको बैठक शनिवार सम्पन्न भएको छ ।

बैठकले आगामी अक्टोवर महिनामा काठमाण्डौंमा हुने ‘एनआरएनए डे’ तथा वार्षिक साधारणसभा लाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा संघको केन्द्रीय पदाधिकारीहरु, आइसीसी सदस्यहरु, सल्लाहकारहरु र राष्ट्रिय समितिका पदाधिकारीहरुको विषेश उपस्थिति थियो ।

बैठकले संस्थाका अध्यक्ष डा. केसीको संयोजकत्वमा संस्थाभित्र एकता कायम गर्नको लागि ‘एकता समिति गठन’ गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले सर्वोच्च अदालतले संघको ११औं महाधिवेशबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने फैसलाको स्वागत गरेका थिए । साथै अब संस्थाका गतिविधिहरुलाई तिब्र पार्ने विषयमा आआफ्ना भनाईहरु राखेका थिए ।

बैठकमा सहभागीहरुले गैरआवासीय नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, संघका क्षेत्रीय सम्मेलन, राष्ट्रिय समितिका गतिविधि लगायतका विषयमा आफ्ना भनाईहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्