–मिथिला अधिकारी–
यो बादल, बिजुली सुस्त बर्सात बेकार लाग्यो,
उनी बिना यौवनको, यो मात बेकार लाग्यो ।
बदली रहने रहेछ उनको मन पनि बादल जस्तै
झुट रहेछ उनको प्रेम, त्यो सौगात बेकार लाग्यो।
कता कता आफ्नै मन अँध्यारो भएपछि साँच्चै
त्यो शरद् पुर्णिमाको सुन्दर रात बेकार लाग्यो ।
एता पनी, उता पनि ठिक्क पारेपछि बैमानिले
उनका मिठास् पूर्ण प्रेमिल बात बेकार लाग्यो ।
बाँचुन्जेल एकगाँसको लागि तड्पिएकालाई,
मरेपछि चडाएको फूलको खात बेकार लाग्यो ।
–हेटौंडा ८ कमाने ।
प्रतिक्रिया दिनुहोस्