नेपाल । नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ ।
भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्