नेपाल । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर भेटघाटमा व्यस्त छिन् । उनी बुधबार नेपाल भ्रमणमा आएकी हुन् ।
उनले बुधबारै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी छिन् । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
लाउबाचर दक्षिण एसिया क्षेत्रलाई नजिकबाट हेरिरहेकी अमेरिकी अधिकारी हुन् । उनीमार्फत प्रधानमन्त्री दाहालले राष्ट्रपति बाइडेनसमक्ष नेपाल भ्रमणको निम्तो पठाउने गृहकार्य गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्