१० मंसिर २०८१, सोमबार

नेपालको शेयर कारोबार रकममा नयाँ रेकर्ड

कोलोराडोखबर संवाददाता , August 12th, 2024

नेपाल । नेपालको शेयर बजारमा साताको पहिलो दिन आइतबार कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।

यसैक्रममा आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड तोडिएको हो ।

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

सबै क्षेत्रगत सूचक बढेका थिए ।

प्रतिक्रिया दिनुहोस्