नेपाल । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ९९ प्रतिशत विद्युतिकरण पुगेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो कार्यकालको तीन बर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको वताए ।
तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष ०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुर्याउन सफल भएको जनाएको छ । त्यसैगरी आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको पनि कार्याकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्