काठमाडौं । रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको घटनामा संलग्न २४ जनालाई जन्मकैदको फैसला भएको छ ।
रुकुम जिल्ला अदालतले मंगलबार यस्तो फैसला सुनाएको हो ।
ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।
घटनामा संलग्न भएका भनिएका आठ जनालाई भने अदालतले सफाइ दिएको छ ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । आफ्नी प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी नदीमा बगाई हत्या गरेको आरोपमा ३४ जनालाई मुद्दा चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्