कोलोराडो । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा अमेरिकाको कोलोराडोमा नेपालीभाषी चार वटा संघसंस्थाले फरक फरक स्थानमा सामुहिकरुपमा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएका छन् ।
यसैक्रममा टुकी इभेन्ट्सले अगस्ट १७ तारिख शनिबारका दिन साँझ ५ बजेदेखि राति १२ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम Paradise Tavern (9239 Park Meadows Dr, Lone Tree, CO 80124) मा हुनेछ ।
त्यस्तै नेपाली ओमन थ्राइभ (एनडब्लूटी) ले अगस्ट २४ तारिख शनिबार साँझ ५ बजेदेखि ११ बजेसम्म र सिस्टर्स ग्रुप कोलोराडो (दिदीबहिनी समूह) ले पनि अगस्ट ३१ तारिक शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म तीन विशेष कार्यक्रम आयोजना गरेको उल्लेख गरेका छन् ।
त्यस्तै नेप्लिज एशोसियशन अफ कोलोराडो स्प्रिङ (एनएसीएस) ले अगस्ट २४ तारिक साँझ ५ः३० बजेदेखि ९ः३० बजेसम्म तीज विशेष कार्यक्रम गर्ने जनाएको छ ।
सांगीतिक माहौलमा हर्षोल्लासका साथ भोजनको समेत राम्रो प्रबन्ध रहने कार्यक्रममा सहभागीताका लागि कोलोराडो क्षेत्रका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई चारवटै संस्थाले निमन्त्रणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्