११ आश्विन २०८१, शुक्रबार

अमेरिकी भूगर्भ सर्वेक्षणद्वारा चन्द्रमाको एक पहाडाको नाम ‘ल्हामु क्रेटर’ राख्ने घोषणा

कोलोराडोखबर संवाददाता , August 8th, 2024

अमेरिका । अमेरिकी भू–बैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले चन्द्रमाको एक पहाडाको नाम सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्यामु शेर्पाको नाममा ‘ल्हामु क्रेटर’ राख्ने घोषणा गरेको छ ।

काठमाडौंस्थिर अमेरिकी दूतावासको उक्त घोषणाको पुष्टी गरेको छ । पासाङ ल्हामुले सन १९९३ अप्रिल २२ मा पहिलो पटक आरोहण गरेकी थिइन् ।

‘पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ । अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ ।’–अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्