११ आश्विन २०८१, शुक्रबार

बंगलादेशको संसद भंग, नोबेल पुरस्कार विजेता युनुस अन्तरिम प्रधानमन्त्री !

कोलोराडोखबर संवाददाता , August 7th, 2024

अमेरिका । बंगलादेशको संसद भंग भएको छ । मंगलबार राष्ट्रपति महमद शाहबुदिनले संसद भंग गरेको हुन् ।

केही महिनाअघि मात्रै भएको चुनावमा बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो ।

बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् ।

केही साताअघि ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन् ।

उक्त आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ ।

नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम प्रधानमन्त्री

यता, लामो समयदेखि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बायुनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको हो ।

हाल ८४ वर्षका युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्