६ मंसिर २०८१, बिहीबार

तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइत सम्मानित

कोलोराडोखबर संवाददाता , August 5th, 2024

नेपाल । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइतलाई आँखा उपचारका क्षेत्रमा पुर्याउनु भएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले उहाँलाई अभिनन्दन गर्नु भएको हो । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उहाँ सफल हुनुभएको छ ।

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिनुभएको अभिनन्दन पत्रमा उल्लेख छ ।

डा रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्