न्यूयोर्क (अमेरिका) । मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि आना कोइरालाले जितेकी छिन् । अमेरिकको न्यूयोर्क शहरमा अगस्त ३ शनिवार आयोजना भएको फाइनल प्रतिष्पर्धामा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै कोइरालाले उपाधि जितेकी हुन् ।
कूल १८ जनाको सहभागिता रहेको प्रतियोगितामा रुवी पौडेल फर्स्ट रनर अप र आदिश्री रेग्मी सेकेण्ड रनर अफ भए । उक्त प्रतियोगितामा क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी आना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, न्यूजर्सी ओनिका बानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, कोलोराडोकी सबिता चौलागाई, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल, क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार र क्यालिफोर्नियाकी उषा शाह अन्तिम १८ मा पुग्न सफल भएका थिए ।
आयोजक ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका प्रमुख शैलेश श्रेष्ठका अनुसार प्रतियोगिताको निर्णायकहरुमा नायिका आँचल शर्मा, अधिवक्ता बासु फुलारा, कलाकार तथा मोडल अनुप बिक्रम शाही, नायिका वर्षा राउत, उषा उप्रेती, डा. उदिप श्रेष्ठ, सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा, मोडल भावना कल्वानी, सागरिका श्रेष्ठ, २०२२ की मिस नेपाल नर्थ अमेरिकाकी बिजेता प्रतियुशा बोहरा रहेका थिए ।
यस पटकको मिस नेपाल नर्थ अमेरिकाकी बिजेता कोइरालाले २०२५ मा नेपालमा आयोजना हुने मिस नेपाल प्रतियोगितामा भाग लिन पाउने छिन् ।
प्रतिक्रिया दिनुहोस्