११ आश्विन २०८१, शुक्रबार

बेलायत जाने विद्यार्थीहरुको समस्या समाधान गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

कोलोराडोखबर संवाददाता , August 4th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड एनसीसीले बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

गत विहीबार एनआरएनए एनसीसीकी सचिव अन्जु कुंवरले काठमाडौंस्थित शिक्षा मन्त्रालय पुगेर शिक्षामन्त्री विद्या भट्टराईलाई परिषदका तर्फबाट सुझावसहितको ज्ञापनपत्र बुझाएको एनआरएनएका अध्यक्ष शम्भुप्रसाद अर्यालले जानकारी दिए ।

परिषदले बेलायतमा अध्ययन पूरा गरी नेपाल फर्कन इच्छुक विद्यार्थीलाई आवश्यक वातावरण तथा प्रोत्साहन र नीतिगत सहायताको व्यवस्था गर्न समेत सरकारलाई समक्ष आग्रह गरेको छ ।

अध्यक्ष अर्याल र सचिव कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विभिन्न ५ बुंदामा ज्ञापनपत्रमा अध्ययनका लागि बेलायत आउने नेपाली विद्यार्थीका लागि सही र वास्तविक सूचना दिलाउन आवश्यक नीति बनाउन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले बेलायतमा रहेका हजारौं नपाली विद्यार्थीले भोगेका समस्याबारे जानकारी गराएकोमा एनआरएनए इंग्ल्यान्डलाई धन्यवाद दिंदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्