नेपाल । बिहीबारदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले श्रीलंकमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो ।
यस जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्