२ माघ २०८१, बुधबार

फर्किए कोप-२८ मा सहभागी प्रधानमन्त्री दाहाल

कोलोराडोखबर संवाददाता , December 4th, 2023

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएका छन् ।

स्वदेश उत्रिएर उनले उक्त कार्यक्रमबाट आफू सन्तुष्ट रहेको बताए । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी गरे ।

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिका लागि आउने आर्थिक तथा प्राविधिक सहायता पहिला भन्दा बढ्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्