नेपाल । केही समय यता नेपालको शेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार पनि नेप्से ६४.२६ अंकले उचालियो । नेप्से २७६०.९१ बिन्दुमा पुगेको छ ।
३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्