११ आश्विन २०८१, शुक्रबार

जय नेपाल फाउन्डेशनले संविधान संशोधनको औचित्यबारे वेबिनार आयोजना गर्ने

कोलोराडोखबर संवाददाता , July 30th, 2024

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशन अन्तर्गतको विश्व ज्ञान संजाल (ग्लोबल नलेज नेटवर्क) ले अगस्ट ३ तारिकका दिन ‘नेपालको संविधान संशोधनः औचित्य र आवश्यकता’ विषयक वेबिनार आयोजना गर्ने भएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउँदा संविधान संशोधन गर्न सहमति गरेको भन्ने सन्दर्भमा यसको के कति औचित्य र आवश्यकता छ भन्ने विषयमा संस्थाले यो वेबिनार आयोजना गर्न लागेको पाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले बताए ।

वेबिनारमा संविधानविद् प्राडा विपिन अधिकारी, क्षेत्री एण्ड एसोसियट्स पीसीका संस्थापक खगेन्द्र जीसी र वरिष्ठ अधिवक्ता श्रीमती सविता भण्डारीले आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रमको सहजीकरण ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले आयोजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्