११ आश्विन २०८१, शुक्रबार

अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या

कोलोराडोखबर संवाददाता , July 29th, 2024

अमेरिका । अमेरिकामा फेरि एउटा दुःखद घटना घटेको छ ।

टेक्ससको वेकोस्थित हाईवे ३५ मा रहेको भोलेरो ग्यास स्टोरमा काम गर्ने दीपक ओलीको आइतवार विहान बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् ।

स्टोरमा रातीको काम गर्ने रुकुमको वॅाठीकोट गाउपालिका बडा नम्बर १० झुला गॅाउका ३० बर्षिय दिपक ओलीलाई स्टोर भित्रै गोली हानेर हत्याराहरु भागेका थिए ।

उनको परिवारमा बुबाआमा दुई भाईहरु, एक बहिनी, श्रीमति र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्