नेपाल । साउन १३ गते आइतबार नेपालको शेयर ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अङ्कले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भयो ।
३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भयो ।
नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति थप लचकतासहित गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरे पछि बजारमा उत्साह छाएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्