नेपाल । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ ।
आइतबार भएको दोस्रो खेल भारतले डकवर्थ लुइसपद्धतिका आधारमा ७ विकेटले जितेको छ ।
वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए।
यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे। श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए ।
त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो । श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले। परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।
भारतले पहिलो टी–ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो । शृंखलाको तेस्रो खेल मंगलवार हुनेछ । त्यसपछि यी दुई टोलीले तीन एक दिवसीय खेल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्