नेपाल । साउन १२ गते शनिबार एपेक नेपाल काव्यमहोत्सव पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न भएको छ । ७ प्रदेश का दुई दुई गरी १४ शक्तिशाली कविहरूले कविता वाचन गरेका थिए ।
रोशन परियार, कल्पना जोशी, अस्मिता बादी, विपी अस्तु, रेणुका जिसी, हेमप्रकाश मन्जिल, भूमिका थारू, रोसन पुन, एस लामा, लीला अनमोल, देवव्रत, अविनाश भट्टराई, अमृत र अदीप अधिकारी रहेका थिए ।
प्रमुख कवि तुलसी दिवसले कविता वाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाले कविहरूलाई मायाको चिनो र खामबन्दी नगद सम्मानसहित प्रमुख अतिथि कवि तुलसी दिवसको हातबाट प्रदान गरिएको थियो ।
एपेक नेपाल अर्थात् लेखक, सम्पादक र प्रकाशकहरूको सर्कल स्थापना भएको २५ वर्ष पुगिसकेको छ ।
संस्थाका संयोजक कवि राजेन्द्र शलभले २५ वर्षमा हामीले कवितालाई लोकप्रिय बनाउन धेरै शृङ्खलाको आयोजना गरेको बताए ।
कार्यक्रममा कविता वाचनपछि कवि लीला अनमोलको हालै प्रकाशित ‘अन्तिम कुमारी रात’ कृतिको पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण कवि बाबु त्रिपाठीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्