–आरसी रिजाल–
बेचनी खत्री ८० बर्ष पुगिन् । पतिको निधनपछि जेठो छोरा विनोदसँग बसेकी २० बर्ष भयो । कान्छो छोरा अमोदले आमालाई आफ्नो घर लैजान कयौँ बर्षदेखि दाजुसँग अनुरोध र झगडा गर्दासमेत सफल हुन सकेन ।
अमोदले मुद्दा हाल्यो । अदालतले बिनोदलाई झिकायो । न्यायाधीशले “आमाको जिउनी शेषपछि दुवै भाइले बराबर पाउने फैसला गर्दिउँ” भने ।
दुवै भाइले “जिउनी चाहिदैन आमाको पालनपोषण आफुले गर्न पाउँ” भने ।
न्यायाधीशले “दाजुभाइ घरायसी कुरा मिलाएर आउनुस् । मुद्दाको पेशी पर्सीको लागि तोकदिन्छु” भनी बेञ्चबाट उठे ।
पर्सीपल्ट न्यायाधीशले सोधे “तपाईंहरुको घरायसी कुरा मिल्यो त ?”
दुवैले टाउको हल्लाई नमिलेको संकेत गरे ।
न्यायाधीशले अमोदलाई भने, “तपाईं जिउनी पनि चाहिँदैन भन्नुहुन्छ, अनि दाजुसँग रमाएर बसेकी आमा किन लैजान खोज्नु हुन्छ ?”
अमोदले भने– ‘आमाको स्याहार’ ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्