नेपाल । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अध्यक्ष पदबाट विदा भएका छन् ।
साउन ९ गते बुधबार नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो ।
उक्त अवसरमा भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै योगदान नगरेको उनको गुनासो थियो ।
मन्त्रिपरिषद्को बैठकको निर्णयसँगै २०७९ साल साउन ९ गते विकास बोर्डको अध्यक्ष पदमा केसी नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्