११ आश्विन २०८१, शुक्रबार

जहाज दुर्घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

कोलोराडोखबर संवाददाता , July 25th, 2024

नेपाल । बुधवार काठमाण्डौमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ ।

संघको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन भएकाहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गरेको हो ।

संघले निधन भएका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

संघले हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन जहाजहरुको नियमित परिक्षण, अनुगमन र सुरक्षा संयन्त्रलाई कडाइका साथ लागू गराउन सम्बन्धित सरोकारवालाहरुलाई अनरोध गरेको छ ।

सौर्य यअरको विमानस्थल काठमाण्डौै धावनमार्गमा दुर्घटना हुँदा १८ जना यात्रुको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्