नेपाल । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २-१ पराजित गरेको छ । विवाद र अन्योलताबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिनाले हारेको निर्णय सुनाइएको हो ।
समूह बी को सेन्ट स्टेयनमा भएको खेल २-२ को बराबरीमा टुंगेको मानिएको थियो । २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए। तर त्यो गोललाई भीएआरले मान्यता दिएन ।
त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । यसरी विवाद हुँदा दुबैले खेल छाडे पनि खेल सकिएको दुई घण्टापछि मोरक्कोले जितेको निर्णय भएको हो ।
बुधबारनै भएका अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५-० ले हरायो । समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २-१ ले हरायो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । इराकले युक्रेनलाई २-१ ले हरायो ।
प्रतिक्रिया दिनुहोस्