७ मंसिर २०८१, शुक्रबार

सान फ्रान्सिस्कोमा एएनए राष्ट्रिय सम्मेलनः अन्तिम दिन कविता महोत्सव सम्पन्न

कोलोराडोखबर संवाददाता , July 23rd, 2024

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) द्वारा आयोजित एएनए राष्ट्रिय सम्मेलन २०२४ सम्पन्न भएको छ ।

उक्त सम्मेलन जुलाई १९ देखि २१ सम्म सञ्चालन भएको थियो । जुलाई २१ का दिन साहित्य कार्यक्रम अन्तरगत कविता महोत्सवसहित पुरस्कार वितरण तथा समापन भएको थियो ।

कविता प्रतियोगितामा जमुना भट्टराई, प्रकाश पाण्डे र उमा शर्मालाई पुरस्कृत भएका थिए । कविता प्रतियोगिताका निर्णायकहरुमा भारती गौतम, नीलम कार्की निहारिका र धर्मराज कोईराला थिए ।

उक्त कार्यक्रममा नवरत्न पुरस्कारबाट सम्मानित रीतादेवी प्रधान र बालतारा आशिर्वाद अधिकारीलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सभापतित्व एएनए अध्यक्ष तथा सम्मेलन सभापति खगेन्द्र अधिकारीले गरेका थिए ।

अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट

गत शुक्रवार साँझदेखि नै सुरु भएको सम्मेलनको दोस्रो मुख्य दिन झाकी प्रस्तुतीको साथै वैदिक मन्त्र र नेपाल र अमेरिकी राष्ट्रिय गान बजाई पानसमा वत्ति वाली सम्मेलनको उदघाटन गरिएको थियो । उदघाटन कार्यक्रममा क्यालिफोर्नियाकी अर्थमन्त्री फिओना मा, सम्मेलन संयोजक क्रान्ती अर्याल भण्डारी तथा एएनए अध्यक्ष खगेन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सम्मेलनकी संयोजक क्रान्ती अर्याल भण्डारीले व्यक्त गरेकी थिईन भने प्रमुख अतिथि डा मिनेन्द्र रिजाल तथा एएनएका सॅस्थापक अध्यक्ष हरि शर्माले जुम मार्फत बोलेका थिए ।

समारोहमा एएनएका डा शम्भु ढुगाना (बिओटी), बिजय श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष),अमेरिकी पूर्व सॅासदका उम्मेद्धवार एड्रियन पोखरेल, एनआरएनए अमेरिकाकी महिला उपाध्यक्ष सुनिता सापकोटा कँडेल, महाबाणिज्यदूत ऋषी ढकाल, न्यान्सका अध्यक्ष प्रितेश कार्की, जन सम्पर्क समितीकाचन्द्र धिताल, एएनए सम्मेलनका संरक्षक विजय चौधरी, अनेसास केन्द्रका अध्यक्ष गोवर्धन पूजा, मेरील्याल्ड इन्डियन हेड शहरका उप नगर प्रमुख किरण सिटौला, एएनए पूर्वअध्यक्ष कृष्ण निरौला, डा अम्विका अधिकारी, स्विटजरल्याण्डबाट आएका एएनए सल्लाहकार केदार न्यौपाने, अनेसास नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा लगायतले शुभकामना सहित मन्तव्य राखेका थिए ।

उदघाटन समारोहमा एएनएको स्मारिका बिमोचन गरिएको थियो । उक्त तीन दिने सम्मेलनमा खेलकुद कार्यक्रमको समेत आयोजना गरिएको थियो । प्रसिद्ध गायक जेम्स प्रधान, गायिका शशिकला मोक्तान, गायिका जुना प्रसाईको विशेष प्रस्तुती रहेको थियो ।

युवा सशक्तिकरण, सूचना प्रविधि, महिला सशक्तिकरण,नेपालको आर्थिक बिकासको लागि नेपाली डायसपोराको योगदान, रणनीति ब्यबसाय बिकास, अमेरिकामा नेपाली साहित्यको प्रवर्धन, अमेरिकी अध्यागमन र नेपालको दोहोरो नागरिकताको प्रावधान तथा फाइदा आदि बिषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

विभिन्न कार्यक्रमहरुम एएनएका महासचिव लक्ष्मण प्रधान तथा क्रियाशील महिला स्वस्तिका तिमिल्सिनाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्