३ माघ २०८१, बिहीबार

हास्य कलाकार हरिबंश आचार्य अस्पताल भर्ना

कोलोराडोखबर संवाददाता , July 22nd, 2024

नेपाल । हास्य कलाकार हरिबंश आचार्य बिरामी परेका छन् । विराटनगर गएका बेला बिरामी भएपछि आइतबारअस्पताल भर्ना भएका हुन् ।

आचार्य हिम गिरि सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर गएका थिए ।

बिरामी भएपछि आचार्यलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

अस्वस्थ भई अस्पताल भर्ना भएका आचार्यको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल गएका थिए ।

आचार्यको नाकबाट रगत बगेपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्