११ आश्विन २०८१, शुक्रबार

आन्ध्र महासागर पार गर्ने क्रममा बेलायती तथा क्यानेडाली जोडीको मृत्यु

कोलोराडोखबर संवाददाता , July 22nd, 2024

नेपाल । आन्ध्र महासागर पार गर्ने क्रममा बेलायती तथा क्यानेडाली नागरिकहरुको जोडीको मृत्यु भएको छ । बीबीसीले उल्लेख गरे अनुसरा मृत्यु हुनेमा बेलायती महिला सारा प्याकउड र उनका क्यानेडाली श्रीमान ब्रेट क्लिबेरी रहेका छन् ।

उनीहरु पछिल्लो समयमा जुन १८ मा सार्वजनिक रुपमा देखिएका थिए । उनीहरु हराएको छ हप्तापछि उनीहरुको लाश भेटिएको हो । क्यानडाको नोभा स्कोटियामा उनीहरुलाई जुलाई १२ मा मृत भेटिएको थियो ।

२१ दिने यात्राको दौरानमा उनीहरु ३२२८ किलोमिटर पर रहेको अजुर क्षेत्रमा जाने क्रममा थिए । उनीहरुले सेलबोर्ड प्रयोग गरेर महासागर पार गर्ने कार्यक्रममा थिए ।

प्रतिक्रिया दिनुहोस्