नेपाल । एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो ।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ठ ब्याटिङ गर्दै अर्धशतक बनाइन् । उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन् ।
यूएईले ८ बलरलाई बलिङ गराए पनि २ जनाले मात्र विकेट लिन सफल भए । पहिले ब्याटिङ गरेर यूएईले नेपालसामु जितका लागि ११६ रनको लक्ष्य दिएको थियो ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस्