९ मंसिर २०८१, आईतवार

लघुकथाः आमाको भविष्य

कोलोराडोखबर संवाददाता , July 20th, 2024

–आरसी रिजाल–

मेरो टोलकी सुशीला (नाम परिवर्तन) दिदी ७५ बर्षकी भइन् । उनको पतिको निधन भयो । उनको जेठी छोरी र कान्छो छोरा हेटौँडामा र जेठो काठमाडौँमा ।

आमालाई दुई छोराले ६–६ महिना पाल्ने निर्णय गरेका रहेछन् । जेठोले ६ महिना पूरा हुन पाँच दिन बाँकी छँदै कान्छोकोमा पुर्‍यायो ।

कान्छोले भन्यो– “महिना भुक्तान भएकै छैन, किन मकहाँ ल्याएको ? आमालाई फिर्ता लैजाऊ ।”

जेठो “आमालाई दुवैले बराबर माया गर्नुपर्छ । मैले आमा पाल्ने बैशाखदेखि असोजसम्ममा कुनै कुनै महिना ३१–३२ को परेका छन् । तेरो पालो कार्तिकदेखि चैत्रसम्मको महिना २९–३० को पनि रहेकोले हिसाब मिलाएर आमालाई ल्याएको हुँ ।”

दिदीतिर हेरेर उसले थप्यो “मेरो कुरा जायज छैन त ?”।

दिदीले भनिन्– “ए कान्छा आमै हुन् । दाइले पुर्‍याउन ल्याइहाले । अर्कोसालदेखि कसरी मिलाउने भन्ने कुरोतिर लाग । हेर यो कुरा समाज… ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्