–मिथिला अधिकारी–
खडेरी छ अझै कतै, कतै बर्षात आयो
पहिरोले घर लगेको कालो रात आयो ।
नहुनेलाई साँझ बिहान हातमुख जोडिँदैन,
हुनेलाई नै हजारौँको ब्रान्डी सौगात आयो ।
मै हुँ भन्दै आफुलाई ठूलो ठान्ने महाशय
समाजको सामु ऐले तिम्रो औकात आयो ।
माया लाउँदा हिजो अस्ति केही सोचिएन,
आज फेरि घरजम गर्न बिचमा जात आयो ।
फेरिन्छन यी नेताहरु लुगा फेरै जस्तै गरी
जनताको मतको मूल्य बिश्वासघात आयो ।
–हेटौंडा ८ कमाने ।
प्रतिक्रिया दिनुहोस्