७ मंसिर २०८१, शुक्रबार

अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट

कोलोराडोखबर संवाददाता , July 19th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र एएनएको सहआयोजनामा उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट भएका छन् ।

प्रतियोगितामा पुरष्कृत प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रोहिणी शर्मा, तीर्थ पाण्डे र डन कार्कीद्वारा प्रायोजित पुरस्कारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ३०० र २०० डलर पुरस्कार पाउने छन् ।

कार्यक्रममा बालतारा आशिर्वाद अधिकारी र नवरत्न पुरस्कार रीतादेवी प्रधानलाई पुरस्कृत गरिने छ भने अनेसासका सहयोगीलाई सम्मानित गरिनेछ ।

आगामी जूलाई १९–२१ सम्म अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्को शहरमा हुन लागेको दि एशोसियशन अफ नेप्लिज इन अमेरिका (एएनए) को सम्मेलनका अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो ।

कार्यक्रममा उपस्थित प्रतियोगी कवि र अतिथि कविहरूका छोटा कविता बाचन पनि हुनेछ ।

कविता महोत्सवमा सहभागि कविहरू मध्ये बाचनका लागि छनोट भएका कविका नामहरूः
१. प्रेमप्रसाद शर्मा पौडेल, भर्जिनिया अमेरिका
२. कमला न्यौपाने, क्यान्सस
३. जमुना भट्टराई, क्यालिफोर्निया
४. उमा शर्मा , नर्थ क्योलाइना
५. मधु घिमिरे, पेन्सिलभेनिया
६. यमनराज पाण्डे, अमेरिका
७. कोमल भट्ट , न्यूयोर्क
८. विष्णु पगेनी सिग्देल, एटलान्टा, जर्जिया
९. शेखर ढुङ्गेल, क्यालिफोर्निया
१०. लालप्रसाद चौलागाई , कोलोराडो
११. प्रकाश पाण्डे, क्यालिफोर्निया
१२. बालकुमारी घिमिरे , क्यालिफोर्निया
१३. पुष्पराज पौडेल ,कोलोराडो
१४. दधिराम खतिवडा, केन्टकी
१५. रमेश दियाली , अमेरिका
१६. नारायण भट्टराई , क्यालिफोर्निया
१७. खिमानन्द पोखरेल, अमेरिका

प्रतिक्रिया दिनुहोस्