११ आश्विन २०८१, शुक्रबार

पराराष्ट्रमन्त्री आरजु राणालाई एनआरएनए अभियन्ताहरुले भेटे

कोलोराडोखबर संवाददाता , July 19th, 2024

नेपाल । सत्ता समीकरण फेरिएसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले सक्रियता बढाएका छन् ।

यसैक्रममा टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासंग भेटघाट गरेको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो।

विहिवार काठमाडौं भएको भेटमा एनआरएनए अभियन्ता डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्वपूर्ण विषयमा धारणाहरु राखेका थिए ।

मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिनिम्ति रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।

भेटमा एनआरएनए अभियन्ताहरु रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो । यसअघि सो टोलीले गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलसंग भेटघाट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्