११ आश्विन २०८१, शुक्रबार

एनआरएनएका अभियन्ताहरुद्वारा अर्थ र गृहमन्त्रीसँग भेटघाट

कोलोराडोखबर संवाददाता , July 18th, 2024

अमेरिका । बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेको छ ।

संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोली नवनियुक्त अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई कार्यकालको सफलताको शुभकामना दिएको छ ।

भेटघाटको क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपालीहरुको लगानी तथा गैरआवासीय नेपाली संघको अभियानको सुदृढ़ीकरण लगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै सो टोलीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनको लागि आग्रह गरेको थियो ।

भेटघाटमा गैरआवासीय नेपाली नागरिकताको विषयमा विशेष छलफल भई तत्काल कार्यान्वयनमा लैजानेगरी कानूनी प्रावधान मिलाउने प्रतिबद्धता गृहमन्त्री लेखकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्