११ आश्विन २०८१, शुक्रबार

जेडी भेन्सलाई अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छाने उपराष्ट्रपतिका उम्मेदवार

कोलोराडोखबर संवाददाता , July 18th, 2024

अमेरिका । अमेरिकी राष्ट्रपति चुनाव दौडमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपतिमा चर्चित लेखक तथा सिनेटर जेडी भेन्सलाई छानेका छन् ।

ओहिओ राज्यका सिनेटर तथा हिलबिली एलिजी र अ रेलिभेन्ट फेथः सर्चिङ फर मिनिङफुल अमेरिकन जस्ता चर्चित किताब लेखेका लेखक जेडी भेन्सलाई ट्रम्पले चुनेका हुन् ।

अमेरिकाको विस्कन्सिन राज्यमा हुने रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनको दौरानमा यस्तो घोषणा गरिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । भेन्सले मरिन क्रप्समा जोडिएर इराकी युद्ध रिपोर्ट पनि गरेको अनुभव लिएका छन् ।

उनी सन् २०२३ मा ओहियोका सिनेटर भएका थिए । भेन्स सन् २०१६ मा ट्रम्पका आलोचना थिए भने पछि उनको पक्षमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्