१० मंसिर २०८१, सोमबार

नयाँ आर्थिक वर्षको शुरुवातमा नेपाली शेयर बजारमा उत्साह

कोलोराडोखबर संवाददाता , July 17th, 2024

नेपाल । नेपालमा मंगलबारबाट नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु भएको छ । नयाँ वर्षको शुरुवातमा शेयर बजारमा लामो समयपछि नेप्सले ठूलो फड्को मारेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७० भन्दा धेरै अंकले बढेर २ हजार ३ सयको बिन्दु पार गरेको हो ।

यो दुई वर्षयताको उच्च विन्दु हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २ हजार ३५० दशमलव ४२ बिन्दुमा बन्द भएको थियो । त्यसयता नेप्सेले २ हजार ३ सयको बिन्दु पार गर्न सकेको थिएन ।

मंगलवार परिसूचक ७० दशमलव १८ अंक अर्थात् ३ दशमलव १३ प्रतिशतले बढेर २‚३१० दशमलव ५९ बिन्दुमा उक्लिएको छ ।

मंगलवार ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर १ लाख १९ हजार ११ पटक कारोबार भए ।

प्रतिक्रिया दिनुहोस्