११ आश्विन २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित

कोलोराडोखबर संवाददाता , July 16th, 2024

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएकी छिन् ।

आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेसनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल पत्रकार महासंघ यूकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रकृयाबाट सम्पन्न अधिवेशनमा बिमला सेनले २३ मत प्राप्त गरेर पहिलो महिला अध्यक्ष बनेकी हुन ।

त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षद्वयमा प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मंजु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा अमित थेबे, बमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, वाचस्पति रेग्मी, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्