अमेरिका । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।
सोमबार बिहान भएको खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले १ सय १२ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । कोपामा पहिलो पटक थप ३० मिनेट थपिएको थियो। यस अघिका खेलमा यो नियम हटाइएको थियो ।
जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगे पनि उपाधि जित्न असफल भयो ।
प्रतिक्रिया दिनुहोस्