नेपाल । काठमाडौँ महानगरपालिकाले राजधानीको न्युरोडमा शुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारले अब निरन्तरता पाउने भएको छ।
महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो।
यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिम अन्तरिम आदेश दिएपछि काम फेरि शुरु हुने भएको हो।
नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो।
प्रतिक्रिया दिनुहोस्