११ आश्विन २०८१, शुक्रबार

पेन्सिलभेनियामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

कोलोराडोखबर संवाददाता , July 14th, 2024

अमेरिका । शनिबार राति चुनावी र्‍याली चलिरहेका पेन्सिलभेनियामा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् ।

घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।

घटनापछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । ट्रम्पको अवस्था ठीक रहेको खबरहरु सार्वजनिक भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने प्रतिक्रिया जनाएका छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्