११ आश्विन २०८१, शुक्रबार

शनिबार र आइतबार बाल्टिमोरमा एनआरएनए अमेरिकाको साधारण सभा हुँदै

कोलोराडोखबर संवाददाता , July 13th, 2024

अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको १३औं साधारण सभा तथा ज्ञान सम्मेलन शनिबार र आइतबार (जुलाई १३ र १४ तारिख) मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ ।

उक्त कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd,Towson, MD-21286 स्थित Holiday Inn Express Towson मा हुने भएको हो ।

जुलाई १२ तारिख शुक्रवार च्याप्टर नाइट (च्याप्टरहरुका अध्यहरुसहितको विषेश कार्यक्रम) गर्ने, १३ तारिख शनिवार साधारण सभा एवम् ज्ञान सम्मेलनको उद्घाटन तथा विज्ञहरुसहितको ज्ञान सम्मेलन गर्ने र १४ तारिख आइतवार बन्द सत्र गरी सांस्कृतिक कार्यक्रमसहित साधारण सभा समापन गर्ने गरी कार्यतालिका छ ।

यस पटकको साधारण सभा विशेष गरी विधान संशोधनमा केन्द्रित हुने छ ।

प्रतिक्रिया दिनुहोस्