९ मंसिर २०८१, आईतवार

गजल

कोलोराडोखबर संवाददाता , July 13th, 2024

-केशवलाल श्रेष्ठ-

निरश थियो यात्रा ओह्रालो लाएपछि
अहिले क्या रमाइलो तिमी आएपछि ।

तिमी नहुँदा मैले पिउन थालें खुब
साँच्चै पिउन छाडें तिमी आएपछि ।

ओइलाएथ्यो फूल पनि रोग लागे झैं
काँडा पनि फूल्न थाल्यो तिमी आएपछि ।

मान्छे पनि पत्थरझैं मौन हुन्थ्यो यहाँ
बोल्न थाल्यो मूर्ति पनि तिमी आएपछि ।

मान्छे राक्षसझैं थ्यो शहर खण्डहरझैं
देउताझैं भयो मान्छे तिमी आएपछि ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्