९ मंसिर २०८१, आईतवार

हेटौँडामा प्रभातफेरीसहित भानु जयन्ती मनाइदै

कोलोराडोखबर संवाददाता , July 12th, 2024

नेपाल (हेटौंडा) । भानु प्रतिष्ठान नेपाल, बागमति प्रदेश कार्यसमितिले आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसर पारेर बागमति प्रदेशको राजधानी हेटौँडामा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समितिले यही असार २९ गते शनिबार बिहान ७ बजे सोलिड्यारिटी इन्टरनेसनल मावि हेटौँडा–१० मा प्रभातफेरी सहित कार्यक्रम आयोजना गर्न लागेको भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका संयोजक हयग्रीव आचार्यले बताए । सोलिड्यारिटी इन्टरनेसनल माविमा जम्मा भएर बुद्ध चोकसम्म प्रभातफेरी गर्ने र फेरी सोही माविमा पुगेर साहित्यिक कार्यक्रम गर्ने संयोजक आचार्यले बताए ।

बागमति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न बिद्यालयका बिध्यार्थीहरूले रचना वाचन समेत गर्ने भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका सहसंयोजक मसान उपासकले जानकारी दिए । नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आदिकवि आचार्यको सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको संयोजक उनले बताए ।

भानु प्रतिष्ठान आदिकविको सम्झनामा स्थापित साहित्यिक साँस्कृतिक संस्था हो । यसले विसं २०३३ देखि काठमाडौँमा प्रभातफेरीसहित नगरपरिक्रमा र श्रद्धाञ्जलीसभा आयोजना गरी भानुजयन्तीलाई राष्ट्रिय समारोहको स्वरूप दिँदै आएकोमा पहिलो पटक प्रदेशका राजधानीहरूमा समेत कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्