अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित हुनु भएको छ । वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी बिमला निरौलाले ५९५ मत पाउनु भएको थियो ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, अमेरिका महादेशीय उपाध्यक्षमा सुदिपभद्र खनाल, एसिया महादेशीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका महादेशीय उपाध्यक्षमा गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षमा डिल्लीराम अम्माइ, ओशीयानिया महादेशीय उपाध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचिन हुनु भएको छ ।
यता महासचिवनमा राजु सिटौला, सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी निर्वाचित हुनु भयो ।
त्यसैगरी सदस्यहरुमा सुमन वर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्ना लोक्सोम सुब्बा र तारा उप्रेती निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
केही उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरु यसअघि नै निर्बिरोध निर्वाचित हुनु भएको थियो ।
विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २८४० आजीवन सदस्य रहेका छन् । निर्वाचनबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित भएका छन् भने दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्