अमेरिका । कोपा अमेरिका कपमा बुधबार बिहान अर्जेन्टिना र क्यानडाबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।
उक्त खेल बुधबार बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा हुनेछ ।
पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाले पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो ।
यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग सोमबार बिहान खेल्नेछ ।
उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार बिहान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्