नेपाल । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने भएको छ । यसअघिको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधानको ब्यवस्थालाई सोमबारको बैठकले उल्ट्याएको हो ।
यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।
कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।
यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।
सोमबार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्को कार्यकालबाट लागू हुनेछ । अहिले वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठपछि अध्यक्ष चयनका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।
संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा एक जना थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्