कोलोराडो । अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीभाषीहरुबीच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गरिएको छ ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा कोलोराडोस्थित अन्य स्थानीय संघ संस्थाहरुको सहभागीतामा यही जुलाई ७ तारिक आइतबारका दिन दिउँसो २ बजेदेखी सांझ ७ बजेसम्म समर पिकनिक कार्यक्रम सम्पन्न भएको माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रमसहित सम्पन्न भएको पिकनिक कार्यक्रममा कोलोराडोमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबद्ध पेशाकर्मी, ब्यावसायी, तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।
यहां बसोवास गर्दै आएका नेपाली भाषीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न कोलोराडोको नेपाली समुदायको सबैभन्दा जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले हरेक बर्ष बिभिन्न कार्यक्रमको साथ समर पिकनिक आयोजना गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्